१८ औं एसियाली खेलकुद प्रतियोगितामा पुरुष फुटबलतर्फ नेपाल आफ्नो तेस्रो खेलमा पाकिस्तानसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । एसियन गेम्समा नेपाल पाकिस्तानसँग २—१ गोल अन्तरले पराजित भएको हो ।
इन्डोनेसियाको प्याट्रिओट चन्दबागा रंगशालामा भएको खेलमा नेपालले सुरुवाती अग्रता लिएपनि पाकिस्तानले त्यसलाई उल्टाउँदै जित निकालेको हो । नेपालका लागि पाकिस्तानका युनस सहबाजले १२ औं मिनेटमा गरेको आत्मघाती गोल गरेपनि त्यसलाई बचाउन नसक्दा पराजय भोग्नुपरेको हो । तर, त्यसलाई पनि कायम राख्न नसकेपछि नेपाल पराजित भएको हो । पाकिस्तानका लागि मोहमद बिलाल र सद्दाम हुसेनले १—१ गोल गरेका थिए ।
समूह चरणाका तीनै खेलमा पराजित भएको नेपाल समूह चरणबाटै बाहिरिएको छ । यसअघि नेपालले पहिलो खेलमा जापानसँग १—० गोल अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा भियतनामसँग २—० गोल अन्तरले पराजित भएको थियो ।