नेपाल आफैमा कृषि प्रधान कहलिएको मुलुक हो । ७ वटा प्रदेशमा विभक्त यो मुलुकको २ नम्बर प्रदेश कृषिका लागी उर्वर भूमि रहेको प्रदेश हो । अरु प्रदेशमा आम्दानीका श्रोत र समृद्धिका लागि अन्य आधारहरु भए पनि २ नम्बर प्रदेश विशुद्ध कृषिको गतिलो सम्भावना बोकेको प्रदेश रहेको छ। २ नम्बर प्रदेशको समृद्धिका आधारहरु मध्ये कृषि कर्म फष्टाउन सके २ नम्बर प्रदेश मुलुकका सातै प्रदेशभन्दा अब्बल हुने कुरा नकार्न सकिदैन । यो प्रदेशमा कृषि उद्योग फस्टाउन सके खाद्यान्नमा यो प्रदेश निर्यात गर्न सफल हुनेछ । यसको लागि प्रदेशको अभिभावकका रुपमा रहेको प्रदेश सरकारले ठोस कदम चाल्नु पर्ने कुरा सर्वथा सर्वमान्य छ । त्यो कुरा आम चासो राख्ने मानिसको बुझाइमा अझ के-के गर्दा राम्रो हुन्छ ? भनी उनीहरुको विचार यो अंकमा समेटेका छौं ।

आइतवार, भदौ ३, २०७५, १०:०८:००