लोपोन्मुख अवस्थामा रहेको गोमन सर्प तराईका जिल्लाहरुमा सहजै भेट्न सकिन्छ । दैनिक गुजाराको लागि सर्प देखाउन सहर पसेका सपेराहरुले गोमन सर्पलाई जोगाउन र अनिर्वाय प्रदर्शन गर्न थालेपछी गोमन भेट्न सहज भएको हो ।
ग्रामीण भेगको विभिन्न गाउँ, गोठ तथा खेतबाट ज्यानको जोखीममा पारेर गोमन सर्प पक्राउ गरी सहरी क्षेत्रमा नचाएर आयआर्जन गर्दै आएको सपेरा साविर अन्सारी नेटुवाले बताए । अल्पसंख्यिक सुकुम्वासी नट जातीका नेटुवा फिरन्ते जीवन बिताउने जाती मध्यका हुन् । नेटुवा जातीका पुरुषवर्गले सर्प, बादर, भालु लगायतको जीवजन्तु नचाउने तथा महिलावर्गले गोद्धना (टाटु, खोदा) कार्य गरेर अन्नपात तथा रकम मागेर दैनिकी चलाउने पुर्खौली चलन रहेको कलैयामा सर्प देखाउन आएका फुरमुला अंसारी नेटुवाले जनाए ।
भविष्यवाणी, नाग देवता, इच्छाधारी नागीन लगायतको बारेमा बोलेर दैनिक हजारौ रकम तथा अन्नपात कमाएपनि अशिक्षा र गरीबीले नेटुवा समुदायको दैनिकीमा परिवर्तन आउन सकेको छैन । गोमन लगायत दुर्लभ अन्य जातीको सर्प देखाएर रोजीरोटीको जोहो गर्ने नेटुवा जातीको सर्प खोज्ने कालाको संरक्षण गर्न जरुरी रहेको देखिन्छ । गोमन लगायत दुर्लभ सर्पको संरक्षणमा सरकारले छुट्याउने गरेपनि हाल सम्म उपल्बद्धी मुलक हुन सकेको छैन । सरकारले सर्प खोज्ने सपेराको कलाको सदुपयोग गरी दुर्लभ सर्पको संरक्षण गर्न सक्ने अवसर रहेको देखिन्छ । सपेराहरुले गरीबीका कारण सर्पहरु भारतीय बजारमा बेच्ने गरेको आरोप लाग्दै आएकोले त्यस्ता दुलर्भ जीवको संरक्षण गर्न जरुरी रहेको देखिन्छ । फोटो : सौजन्य