प्रतिष्ठित व्यवसायी, समाजसेवी तथा साहित्यकार गणेशप्रसाद लाठद्वारा लिखित व्यङ्ग्य कथा सङ्ग्रह ‘छमिया’ को शनिवार काठमाडौँमा विमोचन भएको छ ।
काठमाडौँको कुञ्ज थिएटर, नयाँबानेश्वरमा आयोजित समारोहमा राजनितिक विश्लेषक सी के लालले लोकार्पण गरेका हुन् । मंजरी प्रकाशनद्वारा प्रकाशित छमियामा समाजिक परिदृष्य सहितको हाँस्यव्यङ्ग्य कथासंग्रह समेटिएको लेखक गणेश प्रसाद साहले जानकारी गराएका छन् ।
वीरगंजका सफल व्यवसायीका रुपमा चिनिने गणेश प्रसाद लाठ पछिल्लो समय एकपछि अर्को गर्दै विभिन्न कृतिहरु प्रकाशित हुदै आएको छ ।
शनिवार, भदौ २, २०७५, ०२:०८:००